वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिक्री आम्दानी बढाए पनि शिवम् सिमेन्ट कसरी पुग्यो नोक्सानीमा ? यस्ता छन् कारण

अर्थलगानी
२०८० कार्तिक २४, शुक्रबार

 

काठमाडौं । बिक्री आम्दानी बढेको देखाएको शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट्स लिमिटेड नोक्सानीमा रहेको देखिएको हो । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गएको आर्थिक वर्ष यसै अवधिमा शिवमले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी बढेको देखाइए पनि अन्य आम्दानी घट्न पुगेको र खर्च बढ्न गएका कारण खुद नाफा ऋणात्मक हुन पुगेको बताइएको छ । पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ६.०६%बढेको देखिन्छ । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, यो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ % घटेको छ भने कुल आम्दानी १०.७७% घटेको छ। यस्तै, शिवमको कुल खर्च ७.९३ %बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

  काठमाडौं । बिक्री आम्दानी बढेको देखाएको शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट्स लिमिटेड नोक्सानीमा रहेको देखिएको हो । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गएको आर्थिक वर्ष यसै अवधिमा शिवमले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेको देखाइए पनि अन्य आम्दानी घट्न पुगेको र खर्च बढ्न गएका कारण खुद नाफा ऋणात्मक हुन पुगेको बताइएको छ । पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ६.०६%बढेको देखिन्छ । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, यो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ % घटेको छ भने कुल आम्दानी १०.७७% घटेको छ। यस्तै, शिवमको कुल खर्च ७.९३ %बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।