वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कति भयो कार्तिकमा घरजग्गाको कारोबार ?

अर्थलगानी
२०८० मंसिर ३, आईतवार

काठमाडौँ  । चालु आवको कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड ५८  लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संकलन भएको हो ।

यस्तै कार्तिकमा ७० हजार ११६ पटक कित्ताकाट भएको विभागले जनाएको छ । यो महिनामा ७७ हजार १८५ वटा घरजग्गाको कारोबार भएको विभागको तथ्यांकले देखाउँछ ।

असोजको महिनामा तुलनामा कार्तिकमा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । असोज महिनामा एक लाख ४० हजार ५९० वटा घरजग्गाको कारोबार भएको थियो । जुन कार्तिक महिनाको तुलनामा ६३ हजार ५०८ वटा कारोबार कम हो । असोज महिनामा घरजग्गा कारोबारबाट चार अर्ब ४३ करोड ५४  लाख ८८ हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको थियो। जुन कार्तिक महिनाको तुलनामा २ अर्ब २७ करोड १६ लाख २१ हजार रुपैयाँ बढी हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ  । चालु आवको कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड ५८  लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै कार्तिकमा ७० हजार ११६ पटक कित्ताकाट भएको विभागले जनाएको छ । यो महिनामा ७७ हजार १८५ वटा घरजग्गाको कारोबार भएको विभागको तथ्यांकले देखाउँछ । असोजको महिनामा तुलनामा कार्तिकमा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । असोज महिनामा एक लाख ४० हजार ५९० वटा घरजग्गाको कारोबार भएको थियो । जुन कार्तिक महिनाको तुलनामा ६३ हजार ५०८ वटा कारोबार कम हो । असोज महिनामा घरजग्गा कारोबारबाट चार अर्ब ४३ करोड ५४  लाख ८८ हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको थियो। जुन कार्तिक महिनाको तुलनामा २ अर्ब २७ करोड १६ लाख २१ हजार रुपैयाँ बढी हो ।