काठमाडौं। विश्व रिसाइक्लिंगदिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्तपहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारी मूलक पीईटी कलेक्सनबिनहरु राखिएका छन्।
रिसाइकल प्रक्रियामार्फत पिइटि बोतलहरूलाई पुनप्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतना मुलक सन्देश सर्वसाधारण माझ पु¥याउने उद्देश्यका साथ यस परियोजनाको शुरुवात गरिएको थियो ।अगस्ट २०२० मा स्थानीयअधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना “रिफ्रेस एण्ड रिसायकल–पीइटी’ बोतल सङ्कलन अभियानको दोस्रो चरण हो ।
धेरै मानिसहरुको जमघट हुने र पेट बोतलहरु बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरुमायीबिनहरू राखिने छ ।
डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले भने, “रिफ्रेस एण्ड रिसायकल २०२३’ एउटा परियोजना मात्र नभइ एउटा परिवर्तन हो। एउटा यस्तो परिवर्तन जसमा हामी प्रत्यक नेपालीलाई यो सिकाउन सकौँ कि पिइटि बोतलहरु यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा बातावरणमा पर्ने नकरात्मक असरहरु थोरै भए पनि कम गर्न सकिन्छ। र यसै सन्दर्भमा कोका–कोलाको वर्ल्ड विदाउट वेष्ट जस्तो विश्वव्यापीअभियानमा सहकार्य गर्न पाएकोमाहामीलाई खुशीलागेको छ । यसरी संकलनगरिएका सबै पीइटी बोतलहरू हाम्रो भक्तपुरको सानो ठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकलगरिने पनि जानकारी गराउन चाहन्छु।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भने, “कोका–कोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथविश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनःप्रयोग सम्बन्धि परियोजनाहरु सञ्चालनगरिरहेको छ। हामीले सन् २०३०सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्यखालीबोतल र प्याकेजिङहरु सङ्कलन र पुनःप्रयोग गर्ने प्रतिबद्धता गरेको छौँ। यसै दिगोपन प्रतिको प्रतिबद्धताको एक भागको रूपमाहामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा पीइटी रिसाइक्लिङ बिनहरू राखेका छौं ।”
भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर मुना राईले भनिन्, “ सर्वप्रथम त विश्व रिसाइक्लिंगदिवसको अवसरमा सबैलाई शुभकामनाव्यक्त गर्न चाहन्छु । जसरी स्वच्छ वातावरणमा बाँच्नपाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफु वरीपरीको वातावरणलाई सफा राख्नु पनिहाम्रो दायित्वहो । कोका–कोला बेभरेजसँगहामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं र बीबीएसएम, पाटनमा पनि यस सहकार्यको लागिपहल गरेकोमा डोको रिसाइकलर्स प्रति हामी आभार व्यक्त गर्न चाहन्छौं।
यस रिफ्रेस एन्ड रिसाइकलअभियानले सर्वसाधारणहरुलाई आफुले प्रयोग गरिसकेको पिइटि बोतलहरु यीकलेक्सनबिनहरुमा फ्याँक्नप्रोत्साहन गरेको छ । त्यस्तै यीबिनहरुमाबोतल फ्याँक्नु अगाडि तीबोतलहरु भर्खरै प्रयोग गरिएकाअथवा सफा, खाली र सकेसम्म क्रस गरेर (कुच्याएर) फाल्नपनि अनुरोध गरिएको छ। यीबिनहरुमा कस्तो बोतल फ्याँक्न मिल्छ, तिनीहरुलाई कसरी फ्याँक्न मिल्छ र त्यसरी फालिएकाबोतलहरु कसरी रिसाइकलगरिन्छन् भनेर पनिजानकारीहरु राखिएका छन् । पिइटि प्लास्टिकहरु सुरक्षित, हलुका, किफायती, पारदर्शी, पुनआकार दिनमिल्ने र शतप्रतिशत रिसाइकल गर्न मिल्ने किसिमका हुन्छन् । फालिएका पिइटि बोतलहरु फोहोरको रुपमावर्गिकरण हुँदैनन् र यिनिहरुको आफ्नै महत्व हुन्छ ।
यीबिनमा संकलनभएकाबोतलहरु प्रत्यकहप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पिइटि रिकभरी प्लान्टमा पठाउँछ । पिइटि सामानहरु रिसाइकल गरेर नयाँबोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागिफाइबरको रुपमापनिप्रयोग गर्न सकिन्छ । यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्मकरिब २१९५ केजी पिइटि बोतलहरु संकलन र रिकभर गरिसकेको छ ।
सन २०१८ मा कोका–कोलाले २०३० सम्ममाआफुले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खालीक्यान र बोतलहरु सङ्कलन र रिसाइकल गर्ने उद्देश्यका साथवर्ल्ड विदाउट वेष्टको घोषणा गरेको थियो । यहीविश्वव्यापीकार्यक्रमको उद्धेश्यलाई आत्मसातगर्दै कोका–कोला नेपालले पनि आगामी दशकसम्म मावर्ल्ड विदाउट वेष्टको लक्ष्यप्राप्ती गर्ने उद्घेश्य सहितनगरमित्र, रिसाइक्लर साथी, र रिफ्रेश एन्ड रिसाइकल जस्ता कार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ ।
प्रतिक्रिया