काठमाडौँ। आज मंसिर ५ गते मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा ५ रूपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला ५ रूपैयाँले बढेर एक हजार ४५५ रूपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार चाँदी एक हजार ४५० रूपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया