वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अरुण काबेलीको शेयर बाँडफाँड

अर्थलगानी
२०८० मंसिर ५, मंगलवार

काठमाडौँ। अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ४ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गरेको थियो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार उक्त लिलामीको शेयर कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको छ।

१४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ छ ।

कम्पनीले असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ४ गते शेयर बाँडफाँड गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गरेको थियो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार उक्त लिलामीको शेयर कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको छ। १४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ छ । कम्पनीले असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो ।