वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड

अर्थलगानी
२०८० मंसिर ७, बिहीबार

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो। बिक्रि प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज मङ्सिर ७ गते शेयर बाँडफाँड गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कार्तिक १० देखि कार्तिक २४ सम्म १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस निष्काशनमा ३१ हजार १९ सय ६ जना आवेदन प्राप्त भएको थियो ।जस मध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १ सय ९४ जना आवेदकहरुलाई योग्य मानेर शेयर बाँडफाँड गरिएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्।

यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो। कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी स्थापना भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो। बिक्रि प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज मङ्सिर ७ गते शेयर बाँडफाँड गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कार्तिक १० देखि कार्तिक २४ सम्म १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस निष्काशनमा ३१ हजार १९ सय ६ जना आवेदन प्राप्त भएको थियो ।जस मध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १ सय ९४ जना आवेदकहरुलाई योग्य मानेर शेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्। यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ । मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो। कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी स्थापना भएको हो।