वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि सुरु, १० करोड बढीको कारोबार हुने अनुमान

रमेश ऐडी
२०८० मंसिर ८, शुक्रबार

धनगढी। सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने भएको छ। आयोजक आयोजक कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै १७ औं संस्करणको सुदूरपश्चिम महोत्सब मंसिर २२ गतेदेखि पुष २ गते सम्म संचालन हुने जानकारी गराएको हो।

आयोजकका अनुसार दुई करोड लागतमा आयोजना गरिएको उक्त महोत्सवमा करिब १० करोडको कारोबार हुने अनुमान गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा न. १ पशुपति टोल कडा सुरक्षामा संचालन हुने महोत्सवमा व्यावसायीक कृषि प्रदर्शनी, ताजा तरकारी र कृषिमा आएको प्रविधि संगै माछा,केरा,पोल्टी,दुग्धजन्य पदार्थ,च्याउ जस्ता कृपी उपजलाई विशेष जोड दिइने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुप्पराज कुवँरले बताए ।

उनले भने, ‘महोत्सवले उत्पादन गरेका कलाकारहरुले आज देश विदेशमा ख्याती कमाइरहेका छन् । यस बर्षको महोत्सवमा पनि संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिने छौं । साथै यस क्षेत्रका उद्यमी व्यवसायीका उत्पादनहरु लाई प्राथमिकता दिइने छ।’

महोत्सवमा ४ सय जति स्टलहरु रहनेछन् भने त्यी स्टलमा कृषि,जडिवुटी,हस्तकला,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट, होटेल र सुचना प्रविधिजन्य वस्तु तथा सेवाहरु प्रकार रहनेछन।

करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १०० रुपीयाँ टिकट निर्धारण गरिएको छ । फरक क्षमता भएकालाई निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रमेश ऐडी

धनगढी। सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने भएको छ। आयोजक आयोजक कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै १७ औं संस्करणको सुदूरपश्चिम महोत्सब मंसिर २२ गतेदेखि पुष २ गते सम्म संचालन हुने जानकारी गराएको हो। आयोजकका अनुसार दुई करोड लागतमा आयोजना गरिएको उक्त महोत्सवमा करिब १० करोडको कारोबार हुने अनुमान गरिएको छ। धनगढी उपमहानगरपालिका वडा न. १ पशुपति टोल कडा सुरक्षामा संचालन हुने महोत्सवमा व्यावसायीक कृषि प्रदर्शनी, ताजा तरकारी र कृषिमा आएको प्रविधि संगै माछा,केरा,पोल्टी,दुग्धजन्य पदार्थ,च्याउ जस्ता कृपी उपजलाई विशेष जोड दिइने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुप्पराज कुवँरले बताए । उनले भने, ‘महोत्सवले उत्पादन गरेका कलाकारहरुले आज देश विदेशमा ख्याती कमाइरहेका छन् । यस बर्षको महोत्सवमा पनि संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिने छौं । साथै यस क्षेत्रका उद्यमी व्यवसायीका उत्पादनहरु लाई प्राथमिकता दिइने छ।’ महोत्सवमा ४ सय जति स्टलहरु रहनेछन् भने त्यी स्टलमा कृषि,जडिवुटी,हस्तकला,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट, होटेल र सुचना प्रविधिजन्य वस्तु तथा सेवाहरु प्रकार रहनेछन। करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १०० रुपीयाँ टिकट निर्धारण गरिएको छ । फरक क्षमता भएकालाई निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।