काठमाडौँ। मेन्छियाम हाइड्रोले वार्षिक साधारणसभा मिति तय गरेको छ। कम्पनीले पुस २ गते काठमाडौँको लैनचौर ब्यांन्क्वेटमा साधारणसभा गर्न लागेको हो।
सभामा बार्षिक आ.व. प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०७९–२०८० को लेखापरिक्षण प्रतिबेदन पारित गर्ने , आ.व. २०८०–२०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समिति गठन लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।
कम्पनीले ७ महिना अघि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो। कम्पनीले संखुवासभा जिल्लाको पिलुवाखोलामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलवाखोला २ जलबिद्युत आयोजनामा संचालन गरिरहेको छ।
प्रतिक्रिया