वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कति तोकियो सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य?

अर्थलगानी
२०८० मंसिर ११, सोमबार

काठमाडौँ। सर्वोत्तम सिमेन्टको सेयरमा कुल ४१ वटा संस्थाले आवेदन दिएका छन्। पहिलो पटक बुक बिल्डिङ्ग मार्फत कम्पनीले निष्कासन गरेको सेयरमा ४१ वटा संस्थाहरुले ३६ लाख कित्ता सेयरका लागि माग गरिएको छ।

कम्पनीको प्राथमिक सेयरमा संस्थागत लगानीकर्तालाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से स्रोतले भन्यो,–‘न्युनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा कम्पनीको सेयर माग गरिएको थियो । सबै प्रक्रिया पुरा गरेर संस्थाहरुलाई ४०१ रुपैयाँ कायम गरिएको छ ।’

सर्वोत्तमले गत मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बुक बिल्डिङ्ग मार्फत सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेय बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो। बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्टको सेयरमा कुल ४१ वटा संस्थाले आवेदन दिएका छन्। पहिलो पटक बुक बिल्डिङ्ग मार्फत कम्पनीले निष्कासन गरेको सेयरमा ४१ वटा संस्थाहरुले ३६ लाख कित्ता सेयरका लागि माग गरिएको छ। कम्पनीको प्राथमिक सेयरमा संस्थागत लगानीकर्तालाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से स्रोतले भन्यो,–‘न्युनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा कम्पनीको सेयर माग गरिएको थियो । सबै प्रक्रिया पुरा गरेर संस्थाहरुलाई ४०१ रुपैयाँ कायम गरिएको छ ।’ सर्वोत्तमले गत मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बुक बिल्डिङ्ग मार्फत सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेय बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो। बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो।