वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिशूली जलविद्युत कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

अर्थलगानी
२०८० मंसिर १२, मंगलवार

काठमाडौँ। त्रिशूली जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको छ। कम्पनीको चुक्ता पुँजीका आधारमा कायम भएको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको हो।

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । बुधबार (मंसिर १३ गते) स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ।

पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ। त्रिशूलीको सेयर कारोबारका लागि ‘टीभीसीएल’ संकेत तोकिएको छ। त्रिशूली जलविद्युत कम्पनीको आइपीओ ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी भएको थियो। यसमा कर्मचारीसहित सर्वसाधारणको हिस्सा २० प्रतिशत र संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। त्रिशूली जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको छ। कम्पनीको चुक्ता पुँजीका आधारमा कायम भएको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको हो। नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । बुधबार (मंसिर १३ गते) स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ। पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ। त्रिशूलीको सेयर कारोबारका लागि ‘टीभीसीएल’ संकेत तोकिएको छ। त्रिशूली जलविद्युत कम्पनीको आइपीओ ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी भएको थियो। यसमा कर्मचारीसहित सर्वसाधारणको हिस्सा २० प्रतिशत र संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ ।