वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

अर्थलगानी
२०८० मंसिर १२, मंगलवार

काठमाडौँ। ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस, सेयरमा मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो।

समायोजन पछि यसको मूल्य २०८ रुपैयाँ ९१ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर बुधबारको कारोबार सुरु हुनेछ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ। सोही प्रयोजनका लागि भोली मंसिर १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंगलबारसम्म कायम रहेका सेयरधनीले मात्र सभा भाग लिन पाउने छन् भने यो लाभांशको हकदार रहनेछन।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस, सेयरमा मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो। समायोजन पछि यसको मूल्य २०८ रुपैयाँ ९१ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर बुधबारको कारोबार सुरु हुनेछ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ। सोही प्रयोजनका लागि भोली मंसिर १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंगलबारसम्म कायम रहेका सेयरधनीले मात्र सभा भाग लिन पाउने छन् भने यो लाभांशको हकदार रहनेछन।