वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थलगानी
२०८० मंसिर १३, बुधबार

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। मर्जर र लाभांश पारितको मुख्य अजेण्डासहित कम्पनीले आगामी पुस ४ गते बुधबारका लागि साधारणसभा बोलाएको हो।

सभा काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ।

साधारणसभामा आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफबाट हाल कायम चुक्तापूँजी १ अर्ब २९ करोडको १२.३५९९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।६५०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।

बोनस सेयरको अजेण्डा पारितसँगै जारी तथा चुक्तापूँजी १ अर्ब ४५ करोड पुर्याउने विशेष प्रस्ताव समेत सभामा पेश हुने बताइएको छ ।

यस्तै, घ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने प्रस्ताव समेत सभामा पेश हुनेछ । यो कामका लागि सञ्चालक समितिलाई सबै अख्तियारी दिने अजेण्डा समेत पारित गर्ने कार्यतालिका रहेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आ।ब। २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव समेत पेश हुनेछ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.ब. २०७९८० को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ ।

कम्पनीले २२ औं वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २२ गतेका दिन बुक क्लोजको मिति तोकेको छ। यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुनका लागि मंसिर २१ गतेसम्म यो कम्पनीको सेयरधनी कायम भइसक्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। मर्जर र लाभांश पारितको मुख्य अजेण्डासहित कम्पनीले आगामी पुस ४ गते बुधबारका लागि साधारणसभा बोलाएको हो। सभा काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ। साधारणसभामा आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफबाट हाल कायम चुक्तापूँजी १ अर्ब २९ करोडको १२.३५९९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।६५०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । बोनस सेयरको अजेण्डा पारितसँगै जारी तथा चुक्तापूँजी १ अर्ब ४५ करोड पुर्याउने विशेष प्रस्ताव समेत सभामा पेश हुने बताइएको छ । यस्तै, घ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने प्रस्ताव समेत सभामा पेश हुनेछ । यो कामका लागि सञ्चालक समितिलाई सबै अख्तियारी दिने अजेण्डा समेत पारित गर्ने कार्यतालिका रहेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आ।ब। २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव समेत पेश हुनेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.ब. २०७९८० को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ । कम्पनीले २२ औं वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २२ गतेका दिन बुक क्लोजको मिति तोकेको छ। यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुनका लागि मंसिर २१ गतेसम्म यो कम्पनीको सेयरधनी कायम भइसक्नुपर्नेछ ।