वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भूगोल इनर्जीको नाफा पौने छ लाख, कस्ता छन् अन्य सूचकहरु?

अर्थलगानी
२०८० मंसिर १३, बुधबार

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा ५ लाख ८० हजार हाराहारी गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६३ लाखभन्दा बढीले घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षमा भने नाफामा देखिएको हो।

बिक्रि आम्दानी बढेसँगै कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ। समिक्षा अवधिमा कम्पनीको विद्युत विक्रि आम्दानी दोब्बरले बढेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनी १ करोड १३ लाख विद्युत बिक्रीबाट आम्दानी गरेकोमा त्यो २ करोड ६० लाख माथि पुगेको छ।

अघिल्लो वर्ष १ करोड १० लाखमा सीमित ग्रस प्रफिट यो वर्ष बढेर २ करोड ५४ लाखभन्दा बढी पुगेको छ।

हाल ५४ करोड ४० लाख बढी चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्ब १९ करोड बढीले नेगेटिभ छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोड ८४ लाख बढीले नेगेटिभ थियो ।

समीक्षा अवधिमा कम्पनीको इपीएस ०.११ रुपैयाँ देखिएको छ भने मूल्य आम्दानी अनुपात १९४९.०२ गुणा तथा प्रतिसेयर नेटवर्थ ६४.५३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा ५ लाख ८० हजार हाराहारी गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६३ लाखभन्दा बढीले घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षमा भने नाफामा देखिएको हो। बिक्रि आम्दानी बढेसँगै कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ। समिक्षा अवधिमा कम्पनीको विद्युत विक्रि आम्दानी दोब्बरले बढेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनी १ करोड १३ लाख विद्युत बिक्रीबाट आम्दानी गरेकोमा त्यो २ करोड ६० लाख माथि पुगेको छ। अघिल्लो वर्ष १ करोड १० लाखमा सीमित ग्रस प्रफिट यो वर्ष बढेर २ करोड ५४ लाखभन्दा बढी पुगेको छ। हाल ५४ करोड ४० लाख बढी चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्ब १९ करोड बढीले नेगेटिभ छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोड ८४ लाख बढीले नेगेटिभ थियो । समीक्षा अवधिमा कम्पनीको इपीएस ०.११ रुपैयाँ देखिएको छ भने मूल्य आम्दानी अनुपात १९४९.०२ गुणा तथा प्रतिसेयर नेटवर्थ ६४.५३ रुपैयाँ रहेको छ।