वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकका ग्राहकले इन्द्रेणी सुइटमा १० प्रतिशत छुट पाउने

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौँको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा १० प्रतिशत छुट पाउने भएका छन। उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको छ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि बताएको छ।

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ । कम्पनीले देशैभरका १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौँको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा १० प्रतिशत छुट पाउने भएका छन। उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको छ। कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि बताएको छ। डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ । कम्पनीले देशैभरका १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ।