वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

अर्थलगानी
२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकोले लगानी बढाउन संयुक्त अरब इमिरेट्स–युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन। नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्वरद्वारा संयुक्तरुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नु भएको हो । सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो ।

सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए। उनले नेपाल र युएई बीच सुमधुर सम्बन्ध रहेकोले व्यवसायिक सम्बन्ध पनि बलियो बनाउंदै लैजान तयार रहेको विश्वास दिलाए।

सोही फोरमलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयां लगानीका अवसर छोप्न आग्रह गरे। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयां अवसरहरू सृजना भएको बताए।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए। आफनै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे।
अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयां अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे।

युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत उनले आग्रह गरे। अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको उनले सो अवसरमा उल्लेख गरे। व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउंदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने सुुझाव उनको थियो ।

नेपाल र युएई बीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले लगानी प्रवद्र्धनमा सरकारको सहयोग महत्वपूर्ण हुने बताए।
दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए।

दुबई चेम्वरका अध्यक्ष तथा कार्यकारी प्रमुख मोहमद लूताहले महासंघको सहकार्यमा सम्मेलन आयोजना गर्नु सुखद भएको बताए। साथै आगामी दिनमा पनि लगानी व्यापार विस्तार गर्न महासंघसंग सहकार्य गरिने बताए।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा लगानी सम्भावना बारे प्रस्तुति गरे। महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरे। दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकोले लगानी बढाउन संयुक्त अरब इमिरेट्स–युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन। नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्वरद्वारा संयुक्तरुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नु भएको हो । सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए। उनले नेपाल र युएई बीच सुमधुर सम्बन्ध रहेकोले व्यवसायिक सम्बन्ध पनि बलियो बनाउंदै लैजान तयार रहेको विश्वास दिलाए। सोही फोरमलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयां लगानीका अवसर छोप्न आग्रह गरे। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयां अवसरहरू सृजना भएको बताए। अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए। आफनै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे। अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयां अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे। युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत उनले आग्रह गरे। अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए। डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको उनले सो अवसरमा उल्लेख गरे। व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे। कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउंदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने सुुझाव उनको थियो । नेपाल र युएई बीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले लगानी प्रवद्र्धनमा सरकारको सहयोग महत्वपूर्ण हुने बताए। दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए। दुबई चेम्वरका अध्यक्ष तथा कार्यकारी प्रमुख मोहमद लूताहले महासंघको सहकार्यमा सम्मेलन आयोजना गर्नु सुखद भएको बताए। साथै आगामी दिनमा पनि लगानी व्यापार विस्तार गर्न महासंघसंग सहकार्य गरिने बताए। महासंघको लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा लगानी सम्भावना बारे प्रस्तुति गरे। महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरे। दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।