वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी हुन बक्यौता बाँकी राखेर सम्पर्क बिहिन भएका ३० दुरसञ्चार सेवा प्रदायक कम्पनी, प्राधिकरणले दियो सात दिने अल्टिमेटम

अर्थलगानी
२०८० मंसिर १७, आईतवार

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सात दिनको अल्टिमेटम दिएकोछ । आज आइतबार प्राधिकरणले सात दिनको समय दिँदै समिक्षा अवधिभित्रमा सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो।

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ। उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा भनिएको छ।

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ।
यी हुन तीस कम्पनीः

unilever (1)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सात दिनको अल्टिमेटम दिएकोछ । आज आइतबार प्राधिकरणले सात दिनको समय दिँदै समिक्षा अवधिभित्रमा सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो। पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ। उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा भनिएको छ। उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ। यी हुन तीस कम्पनीः unilever (1)