काठमाडौँ। टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’क्याम्पेनका विजेताहरू घोषणा गरेको छ।
दशैतिहार लगायतका चाडपर्व लक्षित उक्त क्याम्पेनको बम्पर उपहार स्वरुप राखिएका टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट लगायतका उपहारहरु सहित विजेता घोषणा गरिएको हो।
उक्त उपहार जित्नेमा न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरी रहेकी छिन्। उनले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जितेका हुन।
त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटोवासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको फोर के कोनका टेलिभिजन जित्न सफल भएका छन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले उक्त उपहार वितरण कार्यक्रममा बोल्दै प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको बताए।
नेपालीहरुको महानपर्व दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहारउमङ्गःउपहारले सबै दङ्गक्याम्पेन ल्याएको थियो । यो क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्म जारी रहेको थियो।
प्रतिक्रिया