वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इष्टर्न हाइड्रोपावरको नाफा डेढ करोड, कस्ता छन् अन्य सूचक?

अर्थलगानी
२०८० मंसिर १९, मंगलवार

काठमाडौँ। इष्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९९ लाख ८१ हजार रुपैयाँ थियो।
कम्पनीले सार्वजनीक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ४ करोड ११ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १ करोड ५३ लाख रुपैयाँबाट घटेर १ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३०।६९ गुणा रहेको छ।

६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। इष्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९९ लाख ८१ हजार रुपैयाँ थियो। कम्पनीले सार्वजनीक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ४ करोड ११ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १ करोड ५३ लाख रुपैयाँबाट घटेर १ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३०।६९ गुणा रहेको छ। ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।