वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसबीआई बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

अर्थलगानी
२०८० मंसिर २२, शुक्रबार

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले साधारणसभा बोलायको हो। सञ्चालक समितिको मंसिर १ गते बसेको बैंठकले बैंकको साधारणसभा पौस १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालिमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।

सभाबाट यो वर्ष लगानीकर्तालाई दिने भनिएको लाभांश पारित हुनेछ। सभाले पारितगरेपछि शेयरधनिले पाउनेछन्।
बैंकको ३० औं बार्षिक साधारण सभाको छलफलको विषयसूचीः
सामान्य प्रस्तावः
१. आ.व. २०७९–८० का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७९–८० को वार्षिक आर्थिक विवरण छलफल गरी पारित गर्ने ।
३. यस बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि’ को आ.व. २०७९–८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने।
४. संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. ६८ करोड ८२ लाख ०२ हजार ७५२ रुपैयाँ चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व. २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने।
विशेष प्रस्तावः

१. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३७ करोड ९५ लाख २३ हजार ५७६को बराबर (
चुक्ता पूँजीमा ३.७५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

३. बैंकले आ.व. २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्चलाई अनुमोदन गर्ने ।

४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने–गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।
५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्रका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले साधारणसभा बोलायको हो। सञ्चालक समितिको मंसिर १ गते बसेको बैंठकले बैंकको साधारणसभा पौस १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालिमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो। सभाबाट यो वर्ष लगानीकर्तालाई दिने भनिएको लाभांश पारित हुनेछ। सभाले पारितगरेपछि शेयरधनिले पाउनेछन्। बैंकको ३० औं बार्षिक साधारण सभाको छलफलको विषयसूचीः सामान्य प्रस्तावः १. आ.व. २०७९–८० का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७९–८० को वार्षिक आर्थिक विवरण छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि’ को आ.व. २०७९–८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने। ४. संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. ६८ करोड ८२ लाख ०२ हजार ७५२ रुपैयाँ चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व. २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने। विशेष प्रस्तावः १. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३७ करोड ९५ लाख २३ हजार ५७६को बराबर ( चुक्ता पूँजीमा ३.७५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । २. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने। ३. बैंकले आ.व. २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्चलाई अनुमोदन गर्ने । ४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने–गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने । ५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्रका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने।