वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे ४ अर्बको कारोबारमा ३६.८६ अंकले बढ्यो नेप्से

अर्थलगानी
२०८० मंसिर २६, मंगलवार

काठमाडौँ। सेयर बजार आज मंगबार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।

मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।

आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो। यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजार आज मंगबार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको छ । यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ । यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो। यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो।