काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ। हाईड्रोले निष्काशन गरेको ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड भएको हो।
नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको एक शेयर बराबर एक शेयर (१ः१) का दरले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयर शेयरधनीहरुलाई निष्कासन तथा बिक्री खुल्ला गरीएको थियो।
कूल ६,४३,२९३ जना कायम साधारण सेयर धनीहरूबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयर धनीहरूबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना सेयर धनीहरूले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए । उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयर धनीहरूलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयर निष्कासन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा विक्री प्रबन्धकहरूको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया