काठमाडौँ। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड नोक्सानिमा सञ्चालन भईरहेको पाईएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो त्रैमासको अपरिष्कृत विवरणमा यस्तो देखिएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा कम्पनी ४७ लाख ७५ हजार रुपैयाँ नोक्सानी रहेको छ।
कम्पनीको विक्री आम्दानी ३ करोड ५३ लाख रुपैयाँ रहेको छ। यता, कुल नाफा ३२ करोड ५० लाख रुपैयाँ रहेको छ।
यद्यपि, कम्पनीको वित्तीय खर्च २ करोड रहेका कारण खुद नाफा ऋणात्मक भएको रिपोर्टले देखाउँछ।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १७ करोड ५५ लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपयाँ ५ पैसा रहेको छ।
प्रतिक्रिया