वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थलगानी
२०८० पुष ३, मंगलवार

काठमाडौँ। नबिल बैंकले निष्काशन गरेको एक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलम विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई निष्काशन हुने छ। यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिक्रम २५ कित्ताको लागि आवेदन दिन सकिने छ।

बैंकको उक्त ऋणपत्रको अवधि सात वर्षको हुनेछ भने ऋणपत्रमा ९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नबिल बैंकले निष्काशन गरेको एक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलम विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई निष्काशन हुने छ। यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिक्रम २५ कित्ताको लागि आवेदन दिन सकिने छ। बैंकको उक्त ऋणपत्रको अवधि सात वर्षको हुनेछ भने ऋणपत्रमा ९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।