काठमाडौँ। आजबाट थप तीन वटा कम्पनीको शेयर कारोबार दोस्रो बजारमा सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको हो।
बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ । चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ भने भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।
यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो।
भिजन लुम्बिनीको (भीएलयुसीएल) संकेतमा कारोबार सुरु भएको छ भने चिरख्वाको (सीकेएचएल) संकेतमा यसको कारोबार सुरु भएको छ । यस्तै नेपाल वेयर हाउजिङ कम्पनीको कारोबार संकेत (एनडब्लुसीएल) रहेको छ ।
प्रतिक्रिया