वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

अर्थलगानी
२०७९ चैत्र १४, मंगलवार

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीहरको लागि यहि चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिए पछि यी दुई कम्पनी मर्जरका लागि सहमत भएका थिए । दुई कम्पनी बिच असार ३० गते मर्जरको सम्झौता भएको थियो । तर भारतीय विमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढीला भएकाले एकीकृत कारोबारमा केही ढीलाई भइरहेको छ ।

मर्जरमा केही ढीलाई भए पनि संयुक्त क्यालेन्डर निकालेर कम्पनीले मर्जर सम्पन्न हुने विश्वास दिएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । प्राधिकरणले जीवन बीमा कम्पनीहरको लागि यहि चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिए पछि यी दुई कम्पनी मर्जरका लागि सहमत भएका थिए । दुई कम्पनी बिच असार ३० गते मर्जरको सम्झौता भएको थियो । तर भारतीय विमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढीला भएकाले एकीकृत कारोबारमा केही ढीलाई भइरहेको छ । मर्जरमा केही ढीलाई भए पनि संयुक्त क्यालेन्डर निकालेर कम्पनीले मर्जर सम्पन्न हुने विश्वास दिएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको उपस्थिति रहेको थियो ।