काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनिलाई लाभांश वितरण गर्ने अर्थात सधारण सभा गर्ने मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित सभा आह्वान गरेको हो।
लघुवित्तले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सपोर्ट लघुवित्तका शेयरधनिले लाभांश पाउने मिति तय, कहिले र कसले पाउँदैछन्?
काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनिलाई लाभांश वितरण गर्ने अर्थात सधारण सभा गर्ने मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित सभा आह्वान गरेको हो।
लघुवित्तले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव सभाले पारित गर्नेछ।
त्यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभाश प्राप्त गर्न सक्नेछन्

प्रतिक्रिया