वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

अर्थलगानी
२०७९ चैत्र १४, मंगलवार

काठमाडौँ। कुमारी बैंकले ग्लोबल मणि विक अन्तर्गत आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरि सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकक अनुसार बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे हो।

बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको जनाएको छ। श्रमिक समूह, पेशाकर्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको उल्लेख गरेको छ ।

बैंकले २०७९ लाई वित्तीय साक्षरता वर्षको रूपमा पनि मनाउदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी बैंकले ग्लोबल मणि विक अन्तर्गत आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरि सम्पन्न गरिएको बैंकले जनाएको छ। बैंकक अनुसार बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे हो। बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए । बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको जनाएको छ। श्रमिक समूह, पेशाकर्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको उल्लेख गरेको छ । बैंकले २०७९ लाई वित्तीय साक्षरता वर्षको रूपमा पनि मनाउदै आएको छ ।