वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत प्रतिशत नगद लाभांश दिने घोषणा गरेको सिडीएस एण्ड क्लियारिङले कहिले बोलायो साधारणसभा?

अर्थलगानी
२०८० पुष ६, शुक्रबार

काठमाडौँ। सिडीएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान बोलाएको छ। कम्पनीले पुस २६ गते बिहिबार आफ्नै कार्यालयमा साधारणसभा गर्न लागेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व.२०७९–८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश नेप्सेले पाउने छ।

त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९८० को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिडीएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान बोलाएको छ। कम्पनीले पुस २६ गते बिहिबार आफ्नै कार्यालयमा साधारणसभा गर्न लागेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व.२०७९–८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश नेप्सेले पाउने छ। त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९८० को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।