काठमाडौँ। साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। तीव्र उताचढावका बीच अन्तिममा शेयरबजार परिसूचक नेप्से २१.०३ अंकले घटेर २०८८.०७ को बिन्दुमा ओलिएर रोकिएको हो।
आज कारोबारमा आएका ३०९ कम्पनीका १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९ रुपैयाँ ८० पैसाको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ३० करोड ४३ लाखको कारोबार भएको छ।
त्यस्तै हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख, सोनापुर सिमेन्टको २८ करोड १९ लाख, सोनापुर मिनरल्सको २८ करोड १९ लाख, तथा घोराही सिमेन्टको १९ करोड ३ लाखको कारोबार भएको छ ।
आज बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ्ग पावर, बिपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रो पावर शेयर मूल्य १० प्रतिशत बढेको छ ।
त्यस्तै आज नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै ज्योती विकास बैंक वण्ड २०८७ पनि १० प्रतिशतले घटेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयर भाउ ९.८५ प्रतिशतले झरेको छ ।
आज कारोबारमा आएका मध्ये ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया