वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

९ प्रतिशत बोनस प्रस्ताव गरेको एक कम्पनीले बोलायो साधारणसभा

अर्थलगानी
२०८० पुष ९, सोमबार

काठमाडौँ। यूनिभर्सल पावर कम्पनी लिमिटेडले साधारणसभा मिति तय गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको यस कम्पनीले पुस २९ गते आइतबार आफ्नै कार्यालय त्रिपुरेश्वर काठमाडौँमा साधारणसभा गर्न लागेको हो।

सो सभा दिउँसो १२ः१५ बजे वेबिनार (जुम) मार्फत शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। यूनिभर्सल पावर कम्पनी लिमिटेडले साधारणसभा मिति तय गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको यस कम्पनीले पुस २९ गते आइतबार आफ्नै कार्यालय त्रिपुरेश्वर काठमाडौँमा साधारणसभा गर्न लागेको हो। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार (जुम) मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।