वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेडिकेयर हस्पिटलले ६३ प्रतिशत लाभांश बाड्ने, कहिले हुँदैछ साधारणसभा?

अर्थलगानी
२०८० पुष १०, मंगलवार

काठमाडौँ। मेडिकेयर हस्पिटल लिमिटेडले यो वर्ष आफ्ना शेयरधनिलाई बम्पर लाभांश दिने भएको छ। हस्पिटलले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको ४८.८० प्रतिशत बोनस सेयर र कर सहित १४.३४ नगद गरी कुल ६३.१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

सञ्चालक समितिको २६२ औं बैठकले पुस २८ गते अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा लाभांश अनुमोदन र हस्पिटलले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसैगरी कम्पनीले बोनस सेयर जारीपछि कायम हुने पुँजीको १२ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि सभामा पेश गर्दैछ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीले काठमाण्डौंको मुटू चाबहिलमा रहेको हस्पिटलबाट नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । हस्पिटलमा गैरआवासिय नेपालीको लगानी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मेडिकेयर हस्पिटल लिमिटेडले यो वर्ष आफ्ना शेयरधनिलाई बम्पर लाभांश दिने भएको छ। हस्पिटलले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको ४८.८० प्रतिशत बोनस सेयर र कर सहित १४.३४ नगद गरी कुल ६३.१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। सञ्चालक समितिको २६२ औं बैठकले पुस २८ गते अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा लाभांश अनुमोदन र हस्पिटलले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । यसैगरी कम्पनीले बोनस सेयर जारीपछि कायम हुने पुँजीको १२ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि सभामा पेश गर्दैछ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले काठमाण्डौंको मुटू चाबहिलमा रहेको हस्पिटलबाट नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । हस्पिटलमा गैरआवासिय नेपालीको लगानी रहेको छ ।