काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते साधारण सभा डाकेको छ ।लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभामा संस्थाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट २ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । यसआधारमा पुस १२ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
किनभने पुस १५ गते तमु ल्होसार परेको छ । यस दिन सरकारले सार्वजनिक विदा दिएको छ । पुस १३ र १४ गते क्रमशः शुक्रबार र शनिबार परेका छन् । यी २ दिन सेयर कारोबार हुँदैन । यसर्थ, आत्मनिर्भर लघुवित्तको लाभांश हात पार्न १२ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्नेछ ।
प्रतिक्रिया