वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन डिष्टिलरीसहित यी आधा दर्जन बढी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० पुष १२, बिहीबार

काठमाडौँ। आज पुस १२ गते बिहीबार आधा दर्जन भन्दा बढी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।

साधारण सभा तथा लाभांश वितरण गर्नको लागि आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते बुक क्लोज गर्दै छन। राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछ।
त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दैछन्।

यो साताको अन्तिम कारोबार दिन आज भएको हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइसिएफसि फाइनान्सले पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ।

सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। यसले कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हिमालयन डिष्टिलरीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ।

त्यस्तै, राधी विद्युत कम्पनीले पुस २९ गते सभा गर्न लागेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्तले भने पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ।

घोराही सिमेन्टले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यसैगरी, सपोर्ट लघुवित्त पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साना किसान लघुवित्तले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज पुस १२ गते बिहीबार आधा दर्जन भन्दा बढी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। साधारण सभा तथा लाभांश वितरण गर्नको लागि आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते बुक क्लोज गर्दै छन। राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछ। त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दैछन्। यो साताको अन्तिम कारोबार दिन आज भएको हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। आइसिएफसि फाइनान्सले पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ। सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। यसले कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हिमालयन डिष्टिलरीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ। त्यस्तै, राधी विद्युत कम्पनीले पुस २९ गते सभा गर्न लागेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आत्मनिर्भर लघुवित्तले भने पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ। घोराही सिमेन्टले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। यसैगरी, सपोर्ट लघुवित्त पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साना किसान लघुवित्तले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।