वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाइड्रोपावरको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीले लाभांश नदिने

अर्थलगानी
२०८० पुष १२, बिहीबार

काठमाडौँ। हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीले लाभांश नदिने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा जर्मन होम्स हस्पिटालिटी प्रालि, गठ्ठाघरमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । यस कम्पनीको सेयर भाउ हाइड्रोपावर समूहको सबैभन्दा महँगो हो । यसको प्रतिकित्ता सेयर मूल्य ९०७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीले लाभांश नदिने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा जर्मन होम्स हस्पिटालिटी प्रालि, गठ्ठाघरमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । यस कम्पनीको सेयर भाउ हाइड्रोपावर समूहको सबैभन्दा महँगो हो । यसको प्रतिकित्ता सेयर मूल्य ९०७ रुपैयाँ रहेको छ ।