वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स क्यापिटल र युनाइटेड मोदीबीच हकप्रद सेयर निष्कासनको सम्झौता

अर्थलगानी
२०८० पुष १२, बिहीबार

काठमाडौँ। सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा युनाइटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाइटेडको हकप्रद सेयर साधारण सभाबाट पारित भए पश्चात निष्कासन हुनेछ । युनाइटेड मोदी अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ । हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा युनाइटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाइटेडको हकप्रद सेयर साधारण सभाबाट पारित भए पश्चात निष्कासन हुनेछ । युनाइटेड मोदी अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ । हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।