काठमाडौँ। सेयर बजारमा बिहीबार झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक १.९३ अंकले घटेर २०६८.९० को बिन्दुमा कायम भएको हो ।
आज ३ सय ३ कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता शेयर रू ४ अर्ब २९ करोड ९३ लाख २ हजार २ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
८ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबसम्म बढेको छ । यसैगरी, २ वटा कम्पनीमा नकारात्मक सर्किट पनि लागेको छ । १३ मध्ये ६ वटा समूह बढेका छन् भने बाँकी समूहका सूचक घटेका छन् । त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्था र बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया