वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। आधा दर्जन कम्पनीहरुले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज पुस १६ गते सोमबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।

छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ६ वटै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु हुनेछ ।

लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्ष नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा डाकेको छ । सभा, यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश ९कर बाहेक० घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

रु रु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आधा दर्जन कम्पनीहरुले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज पुस १६ गते सोमबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ६ वटै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु हुनेछ । लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्ष नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा डाकेको छ । सभा, यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश ९कर बाहेक० घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । रु रु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।