वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत प्रतिशत हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रो इनर्जीले तय गर्याे बुक क्लोज मिति

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सत प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री गर्नका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

पुस २० र २१ गते क्रमशः शुक्रबार र शनिबार परेको छ । सोही कारण यी दिनमा सेयर कारोबार हुँदैन । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सत प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री गर्नका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस २० र २१ गते क्रमशः शुक्रबार र शनिबार परेको छ । सोही कारण यी दिनमा सेयर कारोबार हुँदैन । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।