काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.९४ अंकमा आएको छ । यो सेसनमा ६ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार भएको छ । कुल ६२ वटा कारोबार भएको हो । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया