काठमाडौँ। हिमालयन रिइन्सुरेन्स लिमिटेडको सेयर डिम्याट खातामा आएको छ। मंगलबार (पुस १७ गते) यस कम्पनीको आइपीओ सेयरधनीको डिम्याट खातामा आएको हो ।
यसलाई ‘एचआरएल’ संकेत प्रदान गरिएको छ । नेप्सेमा आइपीओ सूचीकृत भएपछि यसको नियमित कारोबार सुरु हुनेछ । रिइन्सुरेन्सको आइपीओ गत बुधबार ९पुस ११ गते० बाँडफाँट भएको थियो ।
यो कम्पनीको शेयर सर्वसाधाणले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो । कुल २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।
प्रतिक्रिया