वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने, पुस २४ गते साधारणसभा

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ। सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ।

यस्तै, सभामा प्रबन्धपत्र, नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ।

यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ। सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ। यस्तै, सभामा प्रबन्धपत्र, नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ। यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ ।