वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाईफद्वारा १० लाख ७१ हजार मृत्यु दाबी भुक्तानी

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका १, कुन्टिखेत का मृतक बीमित विकाश भण्डारीको परिवारलाई १० लाख ७१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले उक्त रकम मृतक बीमितकी आमा दुर्गा भण्डारी र पत्नी ममता बिष्टलाई संयुक्त रूपमा प्रदान गरेको हो । कम्पनीका सुदुर पश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सिना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।

बीमा रकम बुझेपछि मृतक बीमतिकी पत्नी ममता विष्टले कम्पनीलाई लाई धन्यवाद दिइन ।आईएमई लाईफ लम्की शाखा प्रमुख बल बहादुर थापा द्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सिना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरु को उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

मृतक विकाश भण्डारीले २०७८ पुष ३० गते २० वर्षे अवधिको ५ लाख १० हजार बीमांक रकम को आइएमई सरल जिवन बीमा र छोरा इसान भण्डारीको नाममा २०७९ वैशाख ११ गते २० वर्षे अवधिको तीन लाख बीमांक रकम को आईएमई बाल उज्ज्वल जिवन बीमा योजना खरिद गरेका थिए ।

बीमा जारी भएपश्चात भणडारीको गत मंसिर ९ गते सडक दुघर्टनामा दुखद निधन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका १, कुन्टिखेत का मृतक बीमित विकाश भण्डारीको परिवारलाई १० लाख ७१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले उक्त रकम मृतक बीमितकी आमा दुर्गा भण्डारी र पत्नी ममता बिष्टलाई संयुक्त रूपमा प्रदान गरेको हो । कम्पनीका सुदुर पश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सिना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् । बीमा रकम बुझेपछि मृतक बीमतिकी पत्नी ममता विष्टले कम्पनीलाई लाई धन्यवाद दिइन ।आईएमई लाईफ लम्की शाखा प्रमुख बल बहादुर थापा द्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सिना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरु को उपस्थितिमा कार्यक्रम गरिएको थियो । मृतक विकाश भण्डारीले २०७८ पुष ३० गते २० वर्षे अवधिको ५ लाख १० हजार बीमांक रकम को आइएमई सरल जिवन बीमा र छोरा इसान भण्डारीको नाममा २०७९ वैशाख ११ गते २० वर्षे अवधिको तीन लाख बीमांक रकम को आईएमई बाल उज्ज्वल जिवन बीमा योजना खरिद गरेका थिए । बीमा जारी भएपश्चात भणडारीको गत मंसिर ९ गते सडक दुघर्टनामा दुखद निधन भएको थियो।