वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी तीन कम्पनीको शेयरमूल्य समायोजन

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

योसँगै लक्ष्मी सनराइजको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात १८१.६५९ रुपैयाँ कायम भएको छ। त्यस्तै मुक्तिनाथको ९.७५ प्रतिशत र शिवमको १४.२५ प्रतिशत बोनस शेयर समायोजन हुँदा क्रमश ३७१ रुपैयाँ ७५ पैसा र ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर १९४ रुपैयाँ ३० पैसा, मुक्तिनाथको ४०८ रुपैयाँ र शिवम्को ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लक्ष्मी सनराइज बैंकले पुस २६ गते सभा गर्न लागेको छ भने लगानीकर्ताको लागि चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको छ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सभा पुस २८ गते गर्न लागेको छ।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कम्पनीले पुस २७ गते सभा गर्न लागेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। योसँगै लक्ष्मी सनराइजको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात १८१.६५९ रुपैयाँ कायम भएको छ। त्यस्तै मुक्तिनाथको ९.७५ प्रतिशत र शिवमको १४.२५ प्रतिशत बोनस शेयर समायोजन हुँदा क्रमश ३७१ रुपैयाँ ७५ पैसा र ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर १९४ रुपैयाँ ३० पैसा, मुक्तिनाथको ४०८ रुपैयाँ र शिवम्को ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। लक्ष्मी सनराइज बैंकले पुस २६ गते सभा गर्न लागेको छ भने लगानीकर्ताको लागि चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको छ। त्यस्तै, मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सभा पुस २८ गते गर्न लागेको छ। शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कम्पनीले पुस २७ गते सभा गर्न लागेको छ।