वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जिआईसीको १३ लाख बढी संस्थापक शेयर बिक्रिमा

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १३ लाख भन्दा बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। संस्थापक शेयरधनीहरुले आफ्‌नो नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता शेयर बिक्रि गर्न कम्पनीमा आवेदन दिएसँगै सञ्चालक समितिको बैठकले पारित गरि उक्त शेयर बिक्रिमा लिएको हो।

उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने नेपाल बीमा प्राधिकरणको विद्यमान व्यवस्था रहेकोले संस्थापक शेयरधनीहरुको जानकारीको लागि इन्स्योरेन्सले ३५ दिने सूचना जारी गरेको छ।

इन्छुक शेयरधनिले आवश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिन सकिने सूचनामा उल्लेख छ। साथै उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई संस्थापक शेयर बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही प्रकृया अघि बढाईने समेत कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १३ लाख भन्दा बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। संस्थापक शेयरधनीहरुले आफ्‌नो नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता शेयर बिक्रि गर्न कम्पनीमा आवेदन दिएसँगै सञ्चालक समितिको बैठकले पारित गरि उक्त शेयर बिक्रिमा लिएको हो। उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने नेपाल बीमा प्राधिकरणको विद्यमान व्यवस्था रहेकोले संस्थापक शेयरधनीहरुको जानकारीको लागि इन्स्योरेन्सले ३५ दिने सूचना जारी गरेको छ। इन्छुक शेयरधनिले आवश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिन सकिने सूचनामा उल्लेख छ। साथै उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई संस्थापक शेयर बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही प्रकृया अघि बढाईने समेत कम्पनीले जनाएको छ।