वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबिआई बैंकको नगद लाभांश वितरण

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभाबाट पारित भएको लाभांश वितरण गरेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ गरेको बुकक्लोजको अघिल्ला दिनसम्म कायम सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीको पुस १३ गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस सेयर र कर सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही नगद लाभांश सेयर रजिष्ट्रर नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको हो । सभाबाट पारित भएको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस भने नेप्सेमा सूचीकृत भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने बताएको छ ।

साथै बैंकले हालसम्ममा पनि सेयर अभौतिकीकरण नगराएको (कागजी सेयर धारण गरेका) तथा हितग्राही खातामा बैंक खात नम्बर अद्यावधिक नगराएको सेयरधनीले हितग्राही खाता खालेको सम्बन्धित निक्षेप सदस्यमा सर्म्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभाबाट पारित भएको लाभांश वितरण गरेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ गरेको बुकक्लोजको अघिल्ला दिनसम्म कायम सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीको पुस १३ गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस सेयर र कर सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही नगद लाभांश सेयर रजिष्ट्रर नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको हो । सभाबाट पारित भएको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस भने नेप्सेमा सूचीकृत भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने बताएको छ । साथै बैंकले हालसम्ममा पनि सेयर अभौतिकीकरण नगराएको (कागजी सेयर धारण गरेका) तथा हितग्राही खातामा बैंक खात नम्बर अद्यावधिक नगराएको सेयरधनीले हितग्राही खाता खालेको सम्बन्धित निक्षेप सदस्यमा सर्म्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुने स्पष्ट पारेको छ ।