काठमाडौँ। चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ लगानी गरेका छन। चालु आवको साउन भदौ र असोज महिनामा लघु बिमा व्यवसाय गर्ने ४ कम्पनिले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ लगानी गरेका हुन्।
समिक्षा अवधिमा यी कम्पनीले पुरै लगानी मुद्दतिमा लगानी गरेका छन। त्यसमा पनि तीन वटा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा मात्रै लगानी गरेका हुन भने एक कम्पनीले मात्रै विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपमा लगानी विस्तार गरेको हो।
लघु जीवन बीमा व्यावसाय मात्रै गरेका गार्डियन माईक्रो लाईफ र क्रेष्ट माईक्रो लाईफले कुल १ अर्ब २ लाख लगानी गरेका छन। गार्डीयन लाईफले ५० करोड ६२ लाख लगानी गरेको छ भने क्रेष्टले ४९ करोड ४० लाख लगानी गरेको हो। दुवै कम्पनीले वाणिज्य बैंकको निक्षेपमा लगानी गरेका छन।
त्यस्तै यता लघु निर्जीवन बीमा व्यावसाय गर्ने नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले कुल ९३ करोड ७५ लाख लगानी गरेका छन। नेपाल माईक्रोले ४७ करोड लगानी गरेको छ भने प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले ४६ करोड ७५ लाख लगानी गरेको हो।
लगानी क्षेत्र विस्तारमा नेपाल माईक्रो अगाडी
लगानीको क्षेत्र विस्तारमा नेपाल माईक्रोले फड्को मारेको देखिन्छ। अन्य तीन कम्पनीले वाणिज्य बैंकको निक्षेपमा मात्रै लगानी गर्दा यो कम्पनीले विकास बैंक र फाइनान्समा समेत लगानी गर्न सफल भएको हो। यो कम्पनीले फाइनान्समा १० लाख र विकास बैंकमा १५ लाख लगानी गरेको हो।
प्रतिक्रिया