वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी ५ कम्पनीको साधारण सभा आज

अर्थलगानी
२०८० पुष २०, शुक्रबार

काठमाडौँ । आज पुुस २० गते ५ ओटा कम्पनीले वार्षिक साधारणसभा गर्दै छन। नेप्सेमा सूचीकृत ५ कम्पनीहरुले आज साधरण सभा गर्न लागेका हुन।

चिलिमे जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सिटी होटल, बुद्धभूमि नेपाल हाइड्रोपावर र आँखुखोला जलविद्युतले आज सभा गर्दैछन्।

चिलिमे जलविद्युत कम्पनीले आज २७ औं साधारण सभा गर्न लागेको हो। सभा राष्ट्रिय सभागृह भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाले सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पारित गर्नेछ।

नेपाल फाइनान्सले ३१ औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेबाट गर्न लागेको छ। सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

सिटी होटल लिमिटेडको साधारण सभा कालिमाटी ब्याक्वेटमा बिहान ११ः३० बजेदेखि सुरु गर्नेछ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आइतबार पुस ८ गते बुक क्लोज गरिसकेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि हुँदैछ। सभाले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले पुस १ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । आज पुुस २० गते ५ ओटा कम्पनीले वार्षिक साधारणसभा गर्दै छन। नेप्सेमा सूचीकृत ५ कम्पनीहरुले आज साधरण सभा गर्न लागेका हुन। चिलिमे जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सिटी होटल, बुद्धभूमि नेपाल हाइड्रोपावर र आँखुखोला जलविद्युतले आज सभा गर्दैछन्। चिलिमे जलविद्युत कम्पनीले आज २७ औं साधारण सभा गर्न लागेको हो। सभा राष्ट्रिय सभागृह भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाले सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पारित गर्नेछ। नेपाल फाइनान्सले ३१ औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेबाट गर्न लागेको छ। सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । सिटी होटल लिमिटेडको साधारण सभा कालिमाटी ब्याक्वेटमा बिहान ११ः३० बजेदेखि सुरु गर्नेछ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आइतबार पुस ८ गते बुक क्लोज गरिसकेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि हुँदैछ। सभाले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले पुस १ गते बुक क्लोज गरिसकेको छ ।