काठमाडौँ। चार कम्पनीको लाभांश अझै सुरक्षित गर्न सकिने अवस्थामा छ। अर्थात, चार लाभांश घोषणा गरिसके पनि बुक क्लोज भने गरेका छैनन।
सिटिजन्स लाईफ इन्स्योरेन्स, मिर्मिरे लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरिसकेका हुन भने बुक क्लोज अझै गरेका छैनन।
सिजिन्स लाइफले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ भने बुक क्लोज पुस २९ गते गर्दै छ। त्यस्तै ६.३२ प्रतिशत लाभांश घोषणा गरेको मिर्मिरे लघुवित्तकोले पनि अझै बुक क्लोज मिति तय गरेको छैन।
समता घरेलुले ५.७१ प्रतिशत लाभांश घोषणा गरेको छ भने बुक क्लोज मिति मिति तय गरेको छैन। यता धौलागिरी लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ भने बुक क्लोज मिति तय गरेको छैन।
प्रतिक्रिया