काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले यो वर्षका लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ १८ गते बिहिबार सिल्भर ओक बैंक्वेट, गैरीधारा, काठमाण्डौं बिहान ११ बजेबाट सभा सुरु गर्ने जनाएको हो।
संचालक समितिको मिति पुस १९ गते बसेको १६ औं बैठकले कम्पनीको सोह्रौ वार्षिक साधारण सभा र उक्त प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो। साधारण सभाको प्रयोजनको लागि मिति माघ ३ गते एक दिनको लागि कम्पनीको शेयर दाखिल बन्द गर्ने छ।
सभामा छलफल तथा निर्णयार्थ पेश हुने प्रस्तावहरुको सूची
साधारण प्रस्तावः
–संचालक समितिको अघिल्लो आर्थिक वर्ष आ.व. २०७८–७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
–साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने ।
–संचालक समितिको निर्णय बमोजिम आ.व. २०७९–८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने।
–कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने ।
५। स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने ।
विशेष प्रस्तावः
–संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने ।
–नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि
निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने।
–कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम अघिल्लो आर्थिक वर्षको खर्चको अनुमोदन गर्ने।
प्रतिक्रिया