वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

अर्थलगानी
२०८० पुष २२, आईतवार

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदौ ९ गते, बिहीबार सेबोनमा निवेदन दिएको थियो ।

बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो। बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदौ ९ गते, बिहीबार सेबोनमा निवेदन दिएको थियो । बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ। चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।